निराजन संगको चोखो मायामा मिरा (भिडियो सहित)

0
804

काठमाडौ

केहि हप्ता पहिले चर्चित मोडल पुष्प खड्कासंगको रोमान्टिक कथामा आधारित “आज मेरो मायालुले” नमन म्युजिक भिडियोमा ससक्त अभिनय गरेकी मिरा कार्कीको चौथो म्युजिक भिडियो आज सार्बजनिक भएको छ, त्यो पनि अहिलको सर्वाधिक चर्चित मोडल निराजन प्रधान संगको “निश्चल चोखो मायामा” । निश्चल चोखोमाया मूलत् वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियो हो । जसमा निराजनसंगको अभिनयमा सशक्त जमेकी छन् उदयीमान मोडल कार्की । प्रेममा हुने धोखाधडीलाई लिएर बनाएको उक्त म्युजिक भिडियोलाई निर्देशन गरेका छन् नेपाली चलचित्र जगतका सफल निर्देशक नवल नेपालले ।

गीतको भावार्थ अनुसार मोडल निराजन र मीराले आआफ्नु भूमिकालाई उत्कृष्ट प्रस्तुति दिएका छन् । सधै चंचले चुल्बुली केटीको भूमिकामा रमाउने कार्कीलाई दुखान्त अभिनयमा जीवन्त उतार्नु निर्देशक नवल नेपालको असाधारण निर्देशकीय क्षमता प्रष्ट देख्न सकिन्छ ।

रजिना रिमालको माधुर्य स्वरमा रहेको उक्त गीतको रचना गरेका छन् डा. राजुबाबु श्रेष्ठले र सङ्गीत भरेका छन् अनिष श्रेष्ठले । एरेन्जरमा अमोस तामाङ छन् भने क्यामेरामा अर्जुन तिवारी रहेका छन् साथै एडिटरमा सुप्रिम पराजुली रहेका छन् । बुढासुब्बा डिजिटलको युटुब च्यानल मार्फत आजै सार्वजनिक गरिएको हो ।

LEAVE A REPLY