स्वराज र ओलिको सोल्टिमा भेटवार्ता

0
99

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको दुईदिने भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

बिहीबार अपराह्न काठमाडौं आइपुगेकी स्वराजसँग अध्यक्ष ओलीले साँझ साढे ६ बजे होटल सोल्टीमा भेट गरेका हुन्। ओलीले सोल्टीमै स्वराजको सम्मानमा रात्रीभोज आयोजना गरेका छन्।

भेटमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध, पारस्परिक हित र आगामी सरकारसँग सहकार्यका विषयमा छलफल भएको ओलीको निजी सचिवालयले जनाएको छ। भेटमा स्वराजले वाम गठबन्धन नेतृत्वको आगामी सरकारसँग सहकार्य गर्न भारत आतुर रहेको बताएकी थिइन्।

LEAVE A REPLY