सर्वोच्चद्वारा सरकारसँग सीमा स्तम्भ नेपाली भूभागमा गाड्नुको कारण माग

0
38

माघ १८, २०७४ – नेपालको भूभाग मिचिने गरी भारतसँगको दशगजामा सीमा स्तम्भ गाड्नुको कारणबारे सर्वोच्च अदालतले लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ ।  न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले भारतसंग जोडिएका हिमाली, पहाडी र तराईका दशगजामा नेपालको भुमि मिचिने गरी सीमास्तम्भ गाडिनको कारण १५ दिनभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको हो । अधिवक्ता यज्ञमणि न्यौपानेले नेपालको भूभाग मिचिने गरी सीमा स्तम्भ गाडिएको भन्दै सो कार्य तत्काल रोक्न माग गर्दै गत माघ ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गनर्’भएको थियो । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाईएको छ  । सीमा अतिक्रणलाई नरोक्दा देशलाई अपुरणीय क्षति हुने उल्लेख गर्दै संविधानले सीमा हेरफेर गर्ने अधिकार कसैलाई प्रदान नगरिएको रिटमा उल्लेख छ ।   महानिर्देशक पन्तलाई नहटाउन आदेश सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तलाई पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पन्तलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने र डाक्टर तारानाथ पौडेललाई महानिर्देशक नियुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै, सर्वोच्चले स्वास्थ्य मन्त्रालयलाई सरुवा र नयाँ महानिर्देशक नियुक्त गर्नुको कारण देखाउन समेत आदेश जारी गरेको छ । आफूलाई पदबाट हटाई मन्त्रालयमा सरुवा गर्ने निर्णय कानूनसम्मत नभएको दावी गर्दै पन्तले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

कान्तिपुर पत्रिका बाट 

LEAVE A REPLY