श्रीमान् श्रीमतीको झगडाले घर आगो लागेर खरानी

0
27

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका अनुसार घरसहित घरभित्र रहेका लत्ताकपडा, अन्नपातलगायतका सामान जलेर नष्ट हुँदा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको गाउँलेको अनुमान छ ।

राति घरायसी विषयमा श्रीमान् र श्रीमतीबीच सामान्य विवादपछि श्रीमान् दिलबहादुरले घरमा आगो सल्काएको बराइलीले बताएका छन् । आगलागी हुनासाथ स्थानीयले नियन्त्रणको प्रयास गरेपनि समयमा नियन्त्रण नहुँदा घर पूर्णरुपमा जलेको बताइएको छ ।

LEAVE A REPLY