शिव श्रेष्ठ को फिल्ममा वर्षा र संजोग संग नरेन पनि

0
56

सुजन श्रेष्ठ , काठमाडौँ

लामो समयदेखि अभिनय यात्रामा सक्रिय शिव श्रेष्ठ अब निर्माता बनेका छन् । निर्देशक दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘एउटा यस्तो प्रेम कहानी’ राखिएको छ । स्जानकारी अनुसार, फिल्ममा नायक संजोग कोइराला र नायिका वर्षा राउत संगै अब नरेन खड्का मुख्य भूमिकामा अनुवन्धित भएका छन् । पहिलो पटक एकसाथ स्क्रिन शेयर गर्न लागेका संजोग र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा समेत छन् ।

फिल्ममा शिव श्रेष्ठको विशेष भूमिका हुनेछ । संजोग र वर्षा ,नरेन संगै बिष्णु चेम्जोंग लगायतका कलाकार पनि रहेने छन् । निर्माता तथा नायक श्रेष्ठ आफैंले लेखेको कथामा आफै निर्माता हुन् l शिव श्रेष्ठसँगै बिष्णु चेम्जोंग लिम्बु, यशोदा राई, दिनेश दर्शनधारीले संयूक्त रुपमा यो फिल्म निर्माण गर्न लागेका हुन् । संजोग र बर्षा पहिले नै अनुबन्धित भएता पनि नरेन भने आज शुक्रबार मात्र अनुबन्धित भएका हुन्

LEAVE A REPLY