रेड पाण्डा तस्करीमा दुई जना पक्राउ

0
558

सरिता श्रेष्ठ — महानगरपालिका प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न. २ टुकुचा उत्तरढोकाबाट अति दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला थान- ५ सहित दुई जना पक्राउ गरेको छन। छाला सहिद सोलुखुम्बु दुधकोशी गा.पा.५ का शुक्र राई र जिल्ला सोलुखुम्बु साबिक मुक्ली गा.वि.स.वडा नं.३ का पबन श्रेष्ठ पक्राउ परेका छन्।


चाबहिलबाट ठमेलमा बेच्नको लागी तयार लागेको छाला बिशेष सुराकी आधारमा दरबारमार्ग बृत प्रहरी निरक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०७५/०५/१९ गते दिउंसो अ. १६:३० बजे चेक जाच गर्दा उनिहरु पक्राउ परेका हुन्।

पक्राउ परेकालाई बन्यजन्तु संरक्षण ऐन अनुसार मुद्दा चलाउन दरबारमार्ग बृतका प्रमुख डिएसपी दान बहादुर मल्लले बताए। संरक्षित बन्यजन्तु भएकाले रेड पाण्डा मार्नु र यसका अंगहरु बेच्न गैरकानुनी मानिन्छ।

 

LEAVE A REPLY