राजमार्गमा र्‍याफ्टिङ

0
61

पृथ्वी राजमार्गस्थित धादिङको मलेखुबजारमा हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर एक हुल स्थानीय शुक्रबार खैंजडी बजाउँदैर्‍याफ्टिङ बोटसहित राजमार्गमा उत्रिए।खैंजडी भजन समूहका टोली नेता फलाक्दै थिए, ‘त्रिशूली गंगा, भएन चंगा, सधैं धमिलो ! नारायण, हरि हरि !’ सधैं त्रिशूली नदीमा बगिरहने राफ्टिङ डुंगाहरू एकाएक पृथ्वी राजमार्गमा देखिएपछि गाडीका यात्री अचम्म मानेर हेरिरहेका थिए।

बाह्रै महिना धमिलो हुने गरी प्रदूषण र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) को चपेटामा परिरहेको त्रिशूली नदी संरक्षण गर्न माग गर्दै मलेखुका स्थानीय रर्‍याफ्टिङ व्यवसायीले राजमार्गमै डुंगा चलाएका हुन्। पर्यटन व्यवसायी, होटल व्यवसायी, प्राकृतिक सम्पदा संरक्षण समितिका अभियन्तालगायतले त्रिशूलीको अतिक्रमण र प्रदूषण बन्द गराउन स्थानीय प्रशासनसँग माग गरे।

पर्यटन व्यवसायी विष्णु सिलवालले भने, ‘हिउँदयाम भनेको पर्यटकीय सिजन हो, यो समयमा सफा र कञ्चन पानी भएको खण्डमा दिनहुँ सयौंर्‍याफ्टिङ बोट चल्छन् तर नदी यति धमिलो हुन्छ कि असार–साउनको भेलमा पनि त्यति धमिलो हुँदैन। सफा राखौं, धमिलो नबनाऊँ भनेर धेरै ठाउँ धायौं तर सुनुवाइ नभएपछि विरोधस्वरुप राजमार्गमै डुंगा चलाएका हाँै।

LEAVE A REPLY