मालिकाको गीत म्युजिकल्लिमा हिट (भिडियो सहित)

0
47

लिकन श्रेष्ठ ,काठमाडौ

नायिका, निर्माता एएवं निर्देशक रेखा थापाले निर्माण र निर्देशन गरेको बहुचर्चित र बहुप्रतिक्षित चलचित्र ‘मालिका’को गीत ‘हल्का मायाँ के मायाँ गाढा लगाउने, नजिकका मायाँ छँदैछ, टाढा लगाउने’ बोलको गीत म्यूजिकल्लीमा भाइरल भएको छ । दर्शक स्रोतले समेत अभिनय गर्न मिल्ने म्यूजिकल्ली एपमा पछिल्लो समय यो गीत भाइरल भएको हो । सुरेश अधिकारीको शब्द र संगीतमा रहेको यो गीतलाई जाजरकोटको दरबारको प्रांगणमा रेखा थापासँग १०० भन्दा बढी नृत्यांगना राखेर सुदूर पश्चिमेलीको सास्कृतिक शैलीमा नृत्य निर्देशक रामजी लामिछानेले नृत्य गराएका छन् ।

यसको रामशरण उप्रेतीले छायांकन गरेका छन् । निर्माता सरस्वती थापा, कार्यकारी निर्माता नर बहादुर कार्की रहेका छन् । रेखा फिल्मस्को ब्यानरमा निर्मित “मालिका” कार्तिक २१ गते लक्ष्मीपूजाको दिनदेखि रिलिज हुँदैछ । यसले अहिलेदेखि नै निकै चर्चा बटुलिसकेको छ ।https://youtu.be/afc5RIbO3Bs

LEAVE A REPLY