भारतले केन्यालाई ३-० ले हरायो

0
50

भारतीय फुटबल टिमका कप्तान सुनील क्षेत्रीले आफ्नो सयौं अन्तर्राष्ट्रिय क्पापमा २ गोल गर्दै ने भारतलाई इन्टरकन्टिनेन्टल कप फुटबलको फाइनल नजिक पुर्‍याएका छन्।

सोमबार साँझ भएको खेलमा भारतले केन्यालाई ३-०ले हरायो। भारतको जितमा कप्तान क्षेत्रीले २ तथा जेजे लालपेखलुआ ले १ गोल गरे।

पूर्व कप्तान भाईचुङ भूटिया पछि सयौं अन्तर्राष्ट्रिय खेल खेलिरहेका क्षेत्रीले खेलको ६८ औं र इन्जुरी समयमा गोल गरेका थिए। यसअघि खेलको ७१औं मिनेटमा जेजे लालपेखलुआले गोल गर्दै भारतलाई ३-० कोस्पष्ट जित दिलाए।

जितसहित भारत २ खेलबाट सतप्रतिशत नतिजासहित ६ जोड्दै समूहको शीर्ष स्थानमा छ। यस्तै २ खेलबाट १ जित र १ हार व्यहोरेको केन्या दोस्रो स्थानमा छ।

वर्षाले मैदान हिलो भएपछि दुबै टिमले पहिलो हाफसम्म गोल रहित बराबरी खेलेका थिए। गोल गर्ने केही राम्रो अवसर दुबै टिमले खेर फालेका थिए।

दोस्रो हाफमा आक्रमक देखिएको भारतले पाहुना टोलीमाथि हाबी भयो।

खेलको ६८औं मिनेटमा सुनिल क्षेत्रीलाई डिबक्स भित्र केन्याली खेलाडीले लडाएपछि रेफ्रिले भारतलाई पेनाल्टी हान्ने मौका दिए। उक्त मौकालाई सदुपयोग गर्दै सुनिलले टिमलाई अग्रता दिलाए।

यस्तै खेलको ७१ औं मिनेटमा जेजे लालपेखलुआले उक्तृष्ट गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए।

क्षेत्रीले इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३-०को स्पष्ट जित दिलाए।

भारतले यसअघि आफ्नो पहिलो खेलमा चाइनिज ताइपेइमाथि ५-० को फराकिलो जित निकालेको थियो। खेलमा क्षेत्रीले ह्याट्रिक गरेका थिए।

भारतले अब समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल बिहिबार न्यूजिल्याण्डसँग खेल्नेछ।

प्रतियोगिताको फाइनल आगामी आइतबार हुनेछ।

कप्तान सुनील क्षेत्रीले भारतको अन्तर्राष्ट्रिय फुटबल हेर्न २५ सय मात्र दर्शक आएपछि समर्थकलाई भावुक सम्बोधन गर्दै खेल हेर्न अपिल गरेका थिए।

LEAVE A REPLY