बुढासुब्बा गोल्डकप – संकटालाई हराउदै पुलिस क्लब फाइनलमा प्रवेश

0
125

नेपाल प्रहरीको विभागीय टिम नेपाल पुलिस क्लबले संकटालाई हराउदै धरानमा जारी २० औं बुढासुब्बा रेडबुल गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धरान १६ क्षेत्रीय रंगशालामा बुधबार भएको खेलमा भर्खरै पोखरामा स्मपन्न भएको आहा रारा गोल्डकप विजेता समेत रहेको पुलिसले संकटालाई २–१ गोल अन्तरले जित हात पार्दै फाइनलमा प्रवेश गरेको हो ।्

साविकको बुढासुब्बा गोल्डकप विजेता नेपाल पुलिस क्लब तथा उपविजेता संकटाबीच भएको अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा पुलिसले खेलको ५४ औं र अतिरिक्त समयको १२ ओैं मिनेटमा गोल गरेको थियो भने संकटाले एक मात्र गोल ६४ मिनेटमा गरेको थियो । ५४ औ मिनेटमा पुलिसका तर्फबाट रेजिन सुब्बाले वान भर्सेस वानमा गोल गरेका थिए भने १२ औं मिनेटमा तेज तामाङ्गले हानेको कर्नर किक रेजिन सु्ब्बाको खुट्टामा बल परेपछि उनले बुद्ध लामालाई पास दिएका थिए । लामाले मौकाको फाइदा उठाउदै गरेको प्रहार गोलमा परिणत गरेका थिए ।

यता संकटाको तर्फबाट ६४ औ मिनेटमा संकटाका तर्फबाट अविशेष रिजालले दिएको पासलाई सदुपयोग गर्दै नेपालका स्ट्याकर प्रकाश बुढाथोकीले गोल गरेका थिए । आजको खेलको म्यान अफ द म्याच संकटाका स्ट्याइकर प्रकाश बुढाथोकी घोषित हुदै नगद १० हजार सहित प्रमाणपत्र हात पारे । विहीबार मदन भण्डारी गोल्डकप विजेता थ्रिस्टार र भारतको दुर्गापुर स्टिलबीच हुनेछ ।

LEAVE A REPLY