बुढासुब्बा गोल्डकप : मनाङ मस्याङ्दिलार्इ पाखा लगाउदै संकटा सेमिफाइनलमा

0
41

धरानः संकटा क्लब २० औँ अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा रेडबुल गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । शनिवार धरान रंगशालामा भएको उद्घाटन खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा सिट सुरक्षित गरेको छ । मनाङ गत सालको वितेता र संकटा उपविजेता हुन् ।

यो सिजनमा पहिलो पटक संकटासँग भेट गरेको मनाङले कुनै चमत्कार देखाउन सकेन । संकटाको जितमा विदेशी खेलाडी अनेष्ट टम्पले गोल गरे । टम्पले खेलको ७५औं मिनेटमा गोल गरेका थिए ।

म्यान अफ दि म्याच घोषित उनले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । संकटाले थप चारवटा गोल गर्ने अवसर खेर फाल्यो । खेलको १४ औं मिनेटमा संकटाका हेमन्त थापामगरले उत्कृष्ट गोल गर्ने अवसर गुमाए ।

खेलको ३७औं मिनेटमा संकटाका विदेशी खेलाडी अब्बा मनाङको पोष्टमा किपर दीप कार्की मात्र रहेका बेला गोल गर्न असफल बने । ३८औं मिनेटमा संकटाका प्रकाश बुढाथोकी र ७४औं मिनेटमा रुपेश केसीले उत्कृष्ट गोल गर्ने अबसर खेर फाले ।

पहिलो हाफमा खाली पोष्टमा गोल गर्न नसकेका मनाङका खेलाडीहरुले दोस्रो हाफमा भने संकटालाई पुरै दवावमा राखेका थिए । मनाङले खेल अवधिभर आदा दर्जन गोल गर्ने अवसर खेर फालेपछि बाहिरिएको हो ।

खेलको २६औं मिनेटमा कर्ण लिमबू संकटाको खाली पोष्टमा गोल गर्न असफल भए । संकटाका गोल किपर विट भएको अवस्थामा कर्णले प्रहार गरेको बल पोष्ट माथिबाट बाहिरिएपछि यो पटक उपाधि उचाल्ने मनाङको सपना अधुरो रह्यो । खेलको ३६ औं, ५०औं र ५७ औं मिनेटमा मनाङका विशाल राईले गोल गर्ने अवसर खेर फाले ।

खेलको ६३ औँ मिनेटमा डी एरियामा मनाङका कर्ण गोल गर्न असफल बने । मनाङका क्याप्टेन अनिल गुरुङले पनि प्रतियोगितामा उत्कृष्ट प्रर्दशन नगर्दा बीचमै मैदानबाट बाहिरिए ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलाडीले गोल गर्ने अवसर सदुपयोग गर्न नसग्दा कमजोर संकटासँग पराजित हुनु परेको बताए । संकटाका प्रशिक्षक सल्याण खड्गीले खेलाडीले विजय हासिल गरेपनि उत्कृष्ट प्रर्दशन गर्न नसकेको बताए ।

LEAVE A REPLY