नेपालमा वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दो

0
52

अव्यस्थित जीवनशैलीका कारण नेपालमा वर्षेनी मुटुरोगीहरुको संख्या बढ्दो छ । उपचारका लागि महंगो मानिने मुटुरोग बारे समयमै सचेत भइ सतर्कता अपनाए रोकथाम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

आधुनिक जीवनशैलीले थपेको व्यस्थतासंगै मानिसको खानपान र रहनसहनमा निकै परिवर्तन आएको छ । जंकफुड, चिल्लोयुक्त खाना, सुर्तिजन्य पदार्थको प्रयोग लगायत अस्वास्थ्यकर खानपानका कारण नेपालमा मुटु रोगीहरुको संख्यामा वृद्धि भइरहेको चिकित्सकहरु बताउँछन् । शारिरीक ब्यायामको कमी,  वंशाणुगत र अब्यवस्थित जीवनशैली नै  मुटु रोगका मुख्य कारण हुन् । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मात्रै यो वर्ष करिव डेढ लाख विरामी मुटुसम्वन्धि रोग लिएर पुगे । त्यसमध्ये १७ सय भन्दा बढिले मुटुको शल्यक्रिया गराएका छन् ।

मुटु रोगीहरुका उपचारका लागि  सरकारले १ लाख प्रदान गर्दै आइरहेको छ भने १५ वर्ष भन्दा मुनी तथा ७५ वर्ष भन्दा माथिकालाइ नि: शुल्क मुटु रोगको उपचारको व्यवस्था छ । समयमै सचेत र सतर्क रहन सकियो भने मुटुरोगको सजिलै रोकथाम गर्न सकिने चिकित्सकहरु बताउँछन् ।

मुटुरोगीको संख्या बढेसंगै सरकारले राजधानी केन्द्रीत मुटु अस्पताललाई संघीय संरचनासंगै बिस्तार गर्न आवश्यक छ । स्वस्थ्य मुटुका लागि मुलुकभर जनचेतना फैलाउन सके धेरै मानिसहरु मुटु रोग तथा यसले निम्त्याउने जोखिमबाट जोगिने थिए ।

कान्तिपुर ओनलाइन बाट

LEAVE A REPLY