नेपालगन्जमा रिङरोड बनाउने योजना किन भयो असफल ?

0
88

नेपालगन्ज – स्थानीय, प्रदेश र प्रतिनिधि सभा चुनावमा बाँकेका अधिकांश उम्मेदवारले नेपालगन्जमा चक्रपथ(रिङरोड) निर्माणको योजनालाई पुर्णता दिने कुरालाई जोडतोडका साथ उठान गरे। सोही अनुरुप नेपालगन्जबासीले चक्रपथ योजनालाई आफ्नो ‘ढुकढुकी’ बनाईसकेका थिए। तर, चक्रपथ निर्माण कार्य सम्पन्न योजना तत्कालका लागी टरिसकेको छ।

पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको परिकल्पनामा अगाडि सारिएको उक्त चक्रपथ निर्माण कार्य तत्कालका लागि नबन्ने निश्चितजस्तै देखिएको छ। चार वर्षअघि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुर(राँझा)देखी सिक्टा सिचाई आयोजनाको पूर्वी नहर हुँदै स्थानीय महेन्द्र बहुमुखी क्याम्पस तथा पश्चिम क्षेत्रको चौलिका चोकदेखी जानकी गाउँपालिकाको ईन्द्रपुर हुँदै पश्चिमी सिक्टाको नहरमा जोडिने गरी चक्रपथको सर्बे गरिएको थियो। सर्वेका क्रममा चक्रपथ कुल २३ दशमलव ८ सय ६० किलोमिटर लामो हुने बताइएको थियो।

नेपालगन्जको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न तथा आर्कषक नगरका रुपमा रुपान्तर गर्ने उद्देश्य सहित उक्त चक्रपथलाई ‘कुभु बोध मार्ग’ नाम दिएर योजना अगाडी बढाइएको थियो। सोही अनुसार सरकारले पनि चक्रपथका लागी हरेक वर्ष बजेट विनियोजन गर्दै आएको थियो। कोइरालाको निधन भईसकेपछि केन्द्रसँग बलियो पहुँच नपुग्दा योजना अधुरो रहेको सम्बद्ध स्रोतले जनाएको छ।

‘एक त चक्रपथको योजनालाई कमजोर हिसाबले सर्बे गरियो, अर्को कुरा केन्द्रसँग बलियो पहुँच भएको नेता कोही भएन,’ स्रोतले भन्यो ‘सोही कारण चक्रपथ निर्माणको योजना अलपत्र प¥यो, नेपालगन्जबासीका लागी यो ठुलो दुर्भाग्य हो।’ चक्रपथ निर्माण हुने भएपछि ऐतिहासिक शहर नेपालगन्जको मुहार फेरिने आशा गरेका स्थानीय बासिन्दा निराश बनेका छन्। सरकारले कुनैपनि हालतमा निर्माण कार्य अगाडि बढाउनुपर्ने उनीहरुको माग छ। नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवम् विकासका लागि नागरिक सरोकार समिति बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ चक्रपथ निर्माण योजनालाई थाती राख्न नपाईने बताउँछन्। नागरिक दैनिकमा खबर छ

LEAVE A REPLY