दुर्लभ बन्यजन्तु कस्तुरीको बिना तस्करीमा दुई जना पक्राउ

0
512

सरिता श्रेष्ठ — महानगरीय प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न. २७ ज्याठाबाट अवैध बन्यजन्तु कस्तुरीको बिना थान-५ सहित दुई जना पक्राउ गरेको छन। दुर्लभ बन्यजन्तु कस्तुरीको बिना सहिद का.जि.का.म.न.पा.२० भिमसेनस्थान बस्ने बर्ष-२४ को किसन ठकुरी र जिल्ला सिन्धुपाल्चोक पेट्कु गा.पा.वडा नं.४ घरभई हाल ललितपुर धापाखेल बस्ने बर्ष-२८ को श्याम गुरुङ पक्राउ परेका छन्।

श्याम गुरुङ र किसन ठकुरीले बिक्रि गर्नको लागि दुर्लभ बन्यजन्तु कस्तुरीको बिना लिएर हिडेको अवस्थामा महानगरपालिका प्रहरी बृत दरबारमार्गबाट प्रहरी निरक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०७५/०५/२३ गते दिउंसो अ.१६:०० बजेको समयमा निजहरुलाई सोधपुछ गरी शरिर खानतलासी लिंदा निजहरुको साथमा रहेको कालो झोला खोलि हेर्दा उक्त झोला भित्र अवैध बन्यजन्तु कस्तुरीको बिना फेला परेपछि उनिहरु पक्राउ गरेका हुन्। प्रहरी निरक्षक फल बहादुर तामाङको टोलीले केहि दिन अघि मात्र रेड पाण्डाको छाला सहित दुई जनालाई नियन्त्रण लिएका थिए।

पक्राउ परेकालाई थप कारवाईको लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने महानगरीय प्रहरी बृत दरबारमार्ग प्रमुख डिएसपी दान बहादुर मल्लले बताए।

LEAVE A REPLY