दीपिकाको नया फिल्म नेपालमा खिचिने

0
33

काठमाडौँ-बलिउड अभिनेत्री दीपिका पादुकोणको आफ्नो नयाँ फिल्म अबको एक महिनापछि सुरु हुन लागेको छ । यो फिल्म्मा दीपिकाको साथमा अभिनेता इरफान खान पनि छन् । उनीहरुले काम गर्न लागेको यस नयाँ फिल्मको नाम भने फाइनल गरिएको छैन ।

दीपिका र इर्फानको यो फिल्मको छायांकन मार्च ५ बाट नेपालमा सुरु हुँदैछ । नेपालबाट सुरु हुन लागेको फिल्मको छायांकनका लागि दीपिका र इरफान नेपाल आउँछन् या आउँदैनन् भन्ने चाही जानकारी गराइएको छैन । भारतीय मिडिया का अनुसार चलचित्रको छायांकन मार्च ५ मा नेपालबाट सुरु हुँदैछ ।’

यो फिल्मलाई विशाल भारद्धाजले निर्देशन गर्दैछन् । यसअगाडि इरफान र दीपिकाले फिल्म ‘पिकु’मा काम गरेका थिए । यो फिल्मलाई विशाल भारद्धाज पिक्चर्स, क्रियर्ज इन्टरटेन्मेन्ट र टी सिरिजले मिलेर बनाउन लागेका हुन् ।

LEAVE A REPLY