दीगम्बरको दूरदर्शीता

0
36

नेपाल दूर सञ्चार प्राधिकरण नेपालको टेलीकम क्षेत्रको नियमन र विकासका लागि नेतृत्व गर्ने सरकारी निकाय । जसको प्रमूखका लागि दौडधुप सुरु भइसकेको छ । दुर सञ्चार क्षेत्रमा उल्लेख्य सुधारको सुरुवात गरिसकेका व्यक्तिलाई ल्याउन नदिई स्वार्थ पूर्ती गराउने व्यक्ति ल्याउन विभिन्न शक्ति केन्द्रहरुमा प्रयासहरु भइरहेका छन् ।

खासगरी लामो समय प्राधिकरणमा प्रमूखको रुपमा महत्वपूर्ण काम गरेका दीगम्बर झा पनि प्रतिस्पर्धी भएपछि प्राधिकरणभित्रकै केही अधिकारी तथा दूरसञ्चार माफियाको निन्द्रा खोसिएको छ । उनलाई अयोग्य प्रमाणित गर्नका लागि विभिन्न तानाबुना बुन्ने क्रम सुरु भएको छ प्राधिकरणकै कर्मचारीहरु बताउछन् । प्राधिकरणको अध्यक्षका लागि झा, पूर्व सचिव सुशील घिमिरे र प्राधिकरणकै बरिष्ठ निर्देशक पुरुषोत्तम खनालको सिफारिस भएको छ ।

लामो समय सरकारी सेवामा रहेका झाले प्राधिकरणको नेतृत्व लिएर एउटा निम्सरो संस्थालाई बलियो संस्थाका रुपमा स्थापित गरे । आम जनतासँग जोडिएको दुरसञ्चार सेवालाई जनमुखी बनाउन महत्वपूर्ण भूमिका खेले । उनले दूरसञ्चार सेवा प्रदायकलाई नियमन गर्दै जनतालाई केन्द्रमा राखेर आफ्ना कार्यक्रम अघि बढाए । जसका कारण अहिले प्राधिकरणको प्रतिष्ठा र भूमिका सर्वत्र प्रशंसाको विषय बनेको पाइन्छ ।

प्राधिकरणको अध्यक्ष रहेका झाको नियुक्ती निर्वाचन आचार संहिताका कारण वर्तमान सरकारले खारेज गरेको थियो । उनलाई कुनै पनि असक्षमता तथा कारवाहीका आधारमा हटाइएको थिएन । त्यसअघिका तीन वर्षमा उनले दूर सञ्चार सेवालाई आम जनताको पहुँचसम्म पुर्याए ।

ब्रोड ब्याण्ड इन्टरनेट भित्र्याए । नेपालका लागि सूचना प्रविधी (आइटीसी) नीति पारित गराए । भूँइचालो गएको बेला टेलीकम सेवालाई चुस्त राख्नका लागि नेतृत्व गरे । भूकम्पमा फसेका तथा घाइते भएकाहरुको उद्धार उपचारका लागि आइटीयूसंग मिलेर स्याटलाइट तथा इन्टरनेट फोनमार्फत उद्धारलाई प्रभावकारी बनाए ।

झाले यसबीचमा नेपालका लागि महत्वपूर्ण सूचना महामार्ग (इन्फरमेशन सुपर हाइवे) अवधारणा पनि अघि सारे । मध्यपहाडी लोकमार्गमा ९६ कोरको अप्टीकल फाइबर केबल हुने र त्यसलाई हरेक जिल्ला सदरमुकासंग जोड्ने उनको योजना अनुसारको काम अघि बढिरहेको छ । त्यस्तै उत्तर दक्षिण राजमार्गमा जोड्ने तथा सबै जिल्ला सदरमुकार र नगरपालिका पनि जोड्ने सपनाकासाथ काम अघि बढाएका छन् । यसका लागि नेपालका तीन ठूला सेवा प्रदायक नेपाल टेलीकम, एनसेल र स्मार्ट सेललाई ठेक्कासमेत दिइसकेका छन् । यी काम सम्पन्न हुँदा नेपालमा इन्टरनेट पहुँचमा ऐतिहांसिक काम हुनेछ ।

त्यस्तै, ब्रोडव्याण्ड (तीब्र गतीको इन्टरनेट) मा सबैको पहुँच पुर्याउन ७७ जिल्लालाई१८ वटा प्याकेजमा बांडेर काम अघि बढाएका छन् । तीमध्ये भूकम्प प्रभावित ११ जिल्लामा काम सकिइसकेको छ । सबै सबै वडा कार्यालय, गाउपालिका तथा नगरपालिका तथा सबै स्वास्थ्य केद्र र सामुदायिकक तथा उच्च माध्यमिक विद्यालयमा दुई वर्षसम्म निशुल्क ब्रोडव्याण्ड उपलब्ध गराउने महत्वकांक्षी परियोजनासमेत झाले अघि बढाएका छन् । ग्रामिण भेगमासमेत जनताको चाहना अनुसार, काठमाडौंकै मूल्यमा उपलब्ध गराउने घोषणा उनले यसअघि नै गरिसकेका छन् । उनकै पालामा दुर सञ्चार सेवा प्रदायकहरुलाई फोर जी उपलब्ध गराएर सेवासमेत सुरु गराएका हुन् । उनले पछिल्लो पटक सेवा प्रदायक निकायहरुले एउटा टावर प्रयोग गर्ने अवधारणा (इनफा सेयरिञ्) मासमेत काम गरिरहेका थिए । एउटै टावर दूर सञ्चार सेवा प्रदायक सबैले प्रयोग गरे ३० प्रतिशतसम्म सस्तो पर्ने निश्कर्षका आधारमा काम अघि बढाएका थिए । सो प्रकृया हाल मन्त्रालय पुगेको छ ।

उनले इन्टरनेशनल व्याण्डविथको मूल्यसमेत ४५ डलरभन्दा माथीबाट घटाएर १० डलरमा झारेका छन् । यसले सर्वसाधारणलाई सस्तो दरमा तीब्र गतीको इन्टरनेट उपलब्ध भएको छ ।

डिजीटल नेपालको अवधारणा अघि बढाउन डिजीटल लिटरेशीको काम पनि अघि बढेको छ । विशेष ठाउँहरुमा निशुल्क वाइफाइको काम पनि अघि बढाएका छन् ।

विद्युत प्राधिकरणसंग मिलेर तार जमिन मुनी ओछ्याउने कामसमेत झाले अघि बढाएका थिए । भीओआइपी नियन्त्रणका लागि समेत पछिल्लो पुस्ताको प्रविधी ल्याउने प्रकृया अघि बढेको छ ।

झाले तीन वर्षको अवधीमा छ मन्त्रीसंग काम गरेका छन् । “मैले संधै अप्ठ्यारो अवस्थामा पनि सहजताकासाथ काम गरे । म इमान्दार भएर सेवा गुर्छु । म टिम वर्कमा विश्वास गर्छु । हुने कामलाई जुलेवीजस्तो म घुमाउदिन, ” झाले भने ।

नेपालले आफ्नै स्याटलाइट राख्नका लागि अर्बिटल स्लटसमेत झाकै पहलले पाएको छ । जसलाई अघि बढाउन विभिन्न अन्तर्राष्टिय कम्पनीले टेन्डरमा भाग लिएका छन् ।

सर्वसाधारणले ४५ सेकेण्डभन्दा कम कल गरेपनि ४५ सेकेण्डको शुल्क लाग्ने व्यवस्था हटाएर १० सेकेण्डको मात्रै लाग्ने व्यवस्था पनि उनले मिलाएका छन् । जसले फोन प्रयोगकर्ता सर्वसाधारणलाई ठूलो रातह मिलेको छ । साइबर सेक्युरिटीलाईसमेत ध्यानमा राख्नै झाले आवश्यक नीति निर्माणका लागि प्रकृया अघि बढाइसकेका छन् ।

दूरसंचार प्राधिकरणमा झाले सर्वसाधारण प्रयोगर्ता तथा सेवा प्रदायक तथा राज्य सबैलाई फाइदा पुग्ने गरी काम अघि बढाएका छन् ।

व्यवस्थापन र अर्थशास्त्रका दक्ष झाले २० वर्ष सरकारी सेवा गरेका छन् । उनी यसअघि विश्व बैंक र एसीयाली विकास बैंकका लागिसमेत परामर्शदाताका रुपमा काम गरेका थिए । प्राधिकरण प्रमुख हुनुअघि नेपाल आयल निगमका कार्यकारी निर्देशक थिए । झालाई अहिले पनि निगमको व्यवस्थापनमा उल्लेखनीय काम गरेको मूल्यांकन त्यहाँका कर्मचारीको छ । झा भन्छन्, “जहाँ जहाँ काम गरें इमान्दारित र परिणाममुखी कामलाई प्राथमिकता दिएं । “

LEAVE A REPLY