डान्स क्लबमा गोलि प्रहार गरि १४ को हत्या

0
40

ब्रसिलिया : ब्राजिलको फोर्टालेसा शहरस्थित एक ‘डान्स क्लब’ (नृत्य सहितको रेस्टुराँ) मा अज्ञात व्यक्तिले गरेको गोली प्रहारमा १४ जनाको ज्यान गएको छ । दुर्घटनामा १४ जना घाइते भएको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

फोर्रो डो गागो नामक डान्स क्लबमा अत्यधिक भ्रीड भएका बेला शनिबार एकाबिहानै सहभागीलाई लक्षित गरेर गोली चलेको थियो । प्रत्यक्षदर्शीहरूले स्थानीय ग्लोबो टिभीलाई बताएअनुसार बन्दुकधारीहरू कारमा आएर क्लबमा पसेका थिए र अन्धाधुन्द गोली प्रहार गरेका थिए । झण्डै आधा घण्टासम्म उनीहरूले उक्त क्लबमा आक्रमण गरेका थिए ।

आक्रमणबाट घाइते हुनेमध्ये केही बालबालिका समेत परेका छन् । घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक रहेको अस्पतालका अधिकारीले बताएका छन् ।सामाजिक सञ्जालमा राखेका फोटोमा १२ जनाको शव भुइँमा लडेको देखिएको छ भने तीमध्ये अधिकांश महिला रहेका छन् । एजेन्सी
अन्नपुर्ण पोस्ट मा खबर छ ,

LEAVE A REPLY