चितुवाको छाला र हड्डी  सहित तीन जना पक्राउ

0
221

सरिता श्रेष्ठ — महानगरीय प्रहरी बृत दरबारमार्गले काठमाडौँ महानगरपालिका वडा न.२६ जमल स्थितबाट अवैध बन्यजन्तु चितुवाको छाला र हड्डी सहित तीन जना पक्राउ गरेको छन। अबैध रुपमा बन्यजन्तु चितुवाको छाला र हड्डी  सहित जिल्ला सिन्धुपाल्चोक टौथली गा.पा. ५ घरभई का.जि.टोखा बस्ने बर्ष-२० को सागर भन्ने दिल कुमार श्रेष्ठ, जिल्ला सिन्धुपाल्चोक त्रिपुरा गा.पा.९ घर भई का.जि.गौरीघाट बस्ने बर्ष-३१ को रमेश बोहरा  र जिल्ला सिन्धुपाल्चोक टौथली गा.पा. ५ घरभई का.जि.मनमैजु बस्ने बर्ष-२७ को लिला बहादुर श्रेष्ठ पक्राउ परेका छन्।

दिल कुमार श्रेष्ठ, रमेश बोहरा र लिला बहादुर श्रेष्ठले बिक्रि गर्नको लागि अबैध रुपमा बन्यजन्तु  चितुवाको छाला र हड्डी लिएर हिडेको अवस्थामा महानगरपालिका प्रहरी बृत दरबारमार्गबाट प्रहरी निरक्षक फल बहादुर तामाङको कमाण्डमा खटिएको प्रहरी टोलीले मिति २०७५/०५/२७  गते दिउंसो अ.१३:०० बजेको समयमा निजहरुलाई सोधपुछ गरी शरिर खानतलासी लिंदा निजहरुको साथमा रहेको अवैध बन्यजन्तु  चितुवाको छाला र हड्डी फेला परेपछि उनिहरु पक्राउ गरेका हुन्। प्रहरी निरक्षक फल बहादुर तामाङको टोलीले केहि दिन अघि मात्र रेड पाण्डाको छाला सहित दुई जनालाई र कस्तुरीको बिना सहित दुई जनालाई नियन्त्रण लिएका थिए।

पक्राउ परेकालाई थप कारवाईको लागि जिल्ला वन कार्यालय काठमाडौँ पठाउने महानगरीय प्रहरी बृत दरबारमार्ग प्रमुख डिएसपी दान बहादुर मल्लले बताए।

LEAVE A REPLY