आगलागीबाट करिब २५ लाख नोक्सान

0
24

सुर्योदय नगरपालिका–४ श्रीअन्तुमा मंगलबार बिहान आगलागी भएको छ । आगलागीबाट मनकुमारी राईको २ वटा घर र भान्सा जलेर नष्ट भएका छन् ।चुलोबाट अचानक उठेको आगोले २ वटा घर सहित भान्सा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २५ लाख रुपैयाँ बराबरको नोक्सान भएको जिल्ला प्रहरी प्रमुख एसपी विपिन कर्मचार्यले बताए ।स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ८ः३० बजे आगलागी नियन्त्रणमा लिइएको कर्माचार्यले जानकारी दिए । घटनास्थल प्रहरी चौकी श्रीअन्तुबाट ८ किलोमिटर उत्तरमा रहेको बताइएको छ ।

LEAVE A REPLY